- निर्यात व्यवसायीहरुका बिच एकता, सद्भावना, भातृत्व पेशागत आचरण र शिष्टाचारको अभिबृद्घि गरी नेपालको निर्यात व्यापार लाई बढाउने ।
- नेपाल अधिराज्यको निर्यात व्यवसायमा परि आउने विविध समस्या उपर उचित विचार गरी समाधान पहिल्याउनु तथा नेपाल सरकार , सम्बन्धित संस्था वा आवश्यक परेमा अन्य देशका सम्वन्धित विशेषज्ञहरु को राय – सल्लाह एवं सहयोग लिई समस्याहरुको समाधान गर्ने गराउने ।
- नेपालबाट निकासी योग्य वस्तुहरुको अन्तराष्ट्रिय बजारमा प्रचार प्रसार गरी राष्ट्रको निर्यात व्यापारलाई अभिबृद्घि गर्ने ।
- निर्यात व्यवसायीहरुको व्यवसायीक क्षमतामा अभिबृद्घि गरी राष्ट्रको निर्यात व्यापारलाई विस्तार गर्न नेपाल सरकार तथा सम्बन्धित अन्य संघ संस्था सित सम्पर्क राखी निर्यात व्यवसायी सम्बन्धि तालिम,गोष्ठी एवं प्रवर्धनात्माक कायक्रमहरुको आयोजना गर्ने।
- राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आयोजना हुने सभा,सम्मेलन एवं मेला तथा प्रदर्शनीहरुमा भाग लिने भागलिन जाने व्यवस्था मिलाउने ।
- समान उद्देश्य भएका विभिन्न मुलुकका संघ संस्थाहरुसँग प्रतिनिधिहरुको आदान प्रदान गर्नु, निर्यात व्यवसाय सम्बन्धि विचार विमर्श गर्नु गराउनु र प्रवचन दिने र दिन लगाउने ।
- समग्र निर्यात व्यवसायको हित सम्बर्धन हुने दृष्टिले नेपाल सरकार वा अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संघ ,संस्था निकायहरु सँग निर्यात अभिबृद्धिका लागि सम्झौता गर्नु, गराउनु ।
- निर्यात व्यापार र निर्यात व्यवसाय सम्बन्धि नीति निर्माण गर्दा र कानुन निर्माण गर्दा नेपाल सरकारलाई आवश्यक राय सल्लाह, सुझाव उपलव्ध गराई विदेशी मुद्रा आर्जनमा बृद्घि ल्याई राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्न सहयोग गर्ने
- निकासी योग्य वस्तुहरुको पहिचान गरी राष्ट्रिय उद्यमी तथा व्यवसायीहरुलाई त्यस्ता वस्तुहरु उत्पादन गर्न प्रोत्साहन दिई रोजगारीको अवसरहरु बृद्घि गर्न सहयोग पुर्याउने ।
- निर्यात व्यवसायीहरुलाई परि आउने विविध व्यवसायीक समस्याहरुको समाधान गर्न निर्यात व्यवसायीहरुको प्रतिनिधित्व गरी नेपाल सरकार, संस्थान वा अन्य सम्बन्धि निकायसँग पत्राचार, वार्ता वा सम्झौता आदि समेत गरी समस्याहरु हल गर्ने गराउने ।
- राष्ट्रको निर्यात व्यापारमा उत्कृष्ट योगदान गर्ने निर्यात व्यवसायीलाई उचित सम्मान गरी प्रोत्साहित गर्ने ।
- देश बाहिर परिषद्को शाखा वा एजेन्सी खोल्न तथा यस परिषद्सँग मिल्ने उद्देश्य भएका विदेशी संघ संस्थाहरुसँग भाइचारा सम्बन्धको विकास गरी निर्यात प्रवद्र्धनमा टेवा पुर्याउने।
- निर्यात प्रवद्र्धनका लागि परिषदद्वारा संचालन गरिएका बिभिन्न कार्यक्रम हरु जानकारी एवं सम्पूर्ण निर्यातयोग्य बस्तुहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारहरुमा प्रचारप्रसार गराउनका लागि मेम्वर्स डाईरेक्टरी, बुलेटिन, ब्रोचर, बृत्तचित्रको निर्माण, एवं म्यागेजिन प्रकाशन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारहरुमा नेपाली निर्यातजन्य बस्तुहरुको प्रचारप्रसार गरी निर्यात बृद्धि गर्ने ।